०३ साउन २०८३, आइतबार

जसपा नेपालको प्रचार विभाग उपप्रमुखमा झा र सचिवमा दुरा मनोनीत

पुस १३, २०८१
काठमाडौं
जसपा नेपालको प्रचार विभाग उपप्रमुखमा झा र सचिवमा दुरा मनोनीत

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचारप्रसार तथा प्रकाशन विभाग उपप्रमुखमा शम्भु झा मनोनीत भएका छन् । यसैगरी सचिवमा देवबहादुर दुरालाई मनोनयन गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बसेको विभागको बैठकले उनीहरूलाई पदाधिकारी चयन गर्दै विभागलाई पूर्णता दिएको हो ।

जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा पूर्णबहादुर बस्नेत प्रमुख रहेको उक्त विभागलाई पूर्णता दिइएको हो ।

गत जेठमा जनकपुरमा सम्पन्न पार्टीको महाधिवेशन पछि प्रथमपटक बसेको प्रचार विभागको बैठकले प्रदेश, जिल्ला र पालिका स्तरमा प्रचार विभाग गठन गरी देशव्यापी रूपमा त्यसलाई अझ प्रभावकारी र व्यवस्थित गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्