०१ साउन २०८३, शुक्रबार

धनगढीका मेयर हमाललाई भेट्न पुगिन् परराष्ट्रमन्त्री राणा

पुस १३, २०८१
काठमाडौं
धनगढीका मेयर हमाललाई भेट्न पुगिन् परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वास्थ्य लाभ गरिरहेका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई भेटेकी छिन् ।

राणासँगै वन तथा वातावरणमन्त्री ऎनबहादुर शाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतले प्रमुख हमाललाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उनीहरूले आज बिहान आफूलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका प्रमुख हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

श्वास प्रश्वास र मष्तिष्कमा समस्या देखिएपछि प्रमुख हमाललाई उपचारका लागि नयाँ दिल्ली लगिएको थियो । उनी अहिले स्वास्थ्य लाभ गरिरहेका छन् ।​

विक्रम संवत् २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका थिए ।

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्