१२ साउन २०८३, मंगलबार

भीम रावललाई एकीकृत समाजवादीमा स्वागत गर्न तयार छौँ : भुसाल

पुस १३, २०८१
काठमाडौं
भीम रावललाई एकीकृत समाजवादीमा स्वागत गर्न तयार छौँ : भुसाल

 नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेबाट भीम रावललाई निष्कासित गर्ने कार्य केपी ओलीको निरङ्कुशताको पराकाष्ठा भएको बताएका छन्।

 चाकरी गर्ने ओलीका मित्र र पार्टीको नीति,विधि र पद्धतिमा हिँड्ने स्वाभिमानी नेता–कार्यकर्ता उनका दुष्मन हुने विषय नौलो नभएको बताउँदै भुसालले भने,“भीम रावल एक राष्ट्रवादी र स्वाभिमानी नेता भएकोले ओलीले राजनीतिक प्रतिशोध साँधे ।” भुसालले नेता रावललाई आफ्नो पार्टीमा स–सम्मान स्वागत गर्न तयार रहेको पनि बताए ।

 शनिबार राजधानीमा नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनले आयोजना गरेको कार्यक्रममा भुसालले वर्तमान ओली सरकार मजदुरको पक्षभन्दा पनि माफिया दलालहरूको पक्षमा रहेकोसमेत आरोप लगाएका छन् ।

पूर्व मन्त्रीसमेत रहेका भुसालले संविधानले मजदुरको ट्रेड युनियन अधिकारसहित सम्पूर्ण सुरक्षाको प्रत्याभूति गरेको भएपनि त्यसको कार्यान्वयन नहुनु दुःखद भएको बताए । नेपाली राजनीतिमा गणतन्त्र पूर्णरुपले कार्यान्वयन नहुँदा हरेक क्षेत्रमा बिचौलियाहरूको हालीमुहाली हुने अवस्था आएको बताउँदै भने,“संविधानको भावना विपरीत सरकारले नै माफियाको संरक्षण गर्दा श्रमजीवी वर्ग थप पीडितको जाँतोमा पिसिएका छन् ।”

salt training

कमेन्ट गर्नुहोस्