१८ असार २०८३, बिहीबार

भ्रष्टाचारविरुद्ध  निरन्तर आन्दोलन : अध्यक्ष दाहाल

पुस १३, २०८१
काठमाडौं
भ्रष्टाचारविरुद्ध  निरन्तर आन्दोलन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि भ्रष्टाचारविरुद्ध आन्दोलन निरन्तर अगाडि बढाइने बताएका छन् । 

कञ्चनपुरको पुनर्वासमा आज आयोजित भ्रष्टाचारविरुद्ध खबरदारी सभामा उनले अठार महिनाको अवधिमा सरकारमा रहँदा पनि भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान थालनी गरिएको बताए । “मेरो नेतृत्वको सरकारकै पालमा मिटरब्याजीविरुद्ध अभियान सञ्चालन गरेका थियौँ । भारत सरकारसँग ऊर्जासम्बन्धी समझदारी, चीनसँगको पारवहन सम्झौतासँगै विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोडने काम पनि भयो”, अध्यक्ष दाहालले भने । 

उनले माओवादी केन्द्र बलियो भएमा देशमा सुशासन र विकासले गति लिने भन्दै देशैभर एकबद्ध हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्