३१ असार २०८३, बुधबार

करातेको अन्तर्राष्ट्रिय प्रतियोगितामा १० वर्षीय सिद्धार्थले जिते स्वर्णपदक

पुस १४, २०८१
काठमाडौं
करातेको अन्तर्राष्ट्रिय प्रतियोगितामा १० वर्षीय सिद्धार्थले जिते स्वर्णपदक

भारतको पुणेमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । 

उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । 

दश वर्ष उमेर समूहका  नेपालका खेलाडी सिद्धार्थ रानाले स्वर्णपदक जितेका हुन् ।

भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा बंगलादेश, श्रीलंकालगायत तथा भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् । 

प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । 

प्रतियोगितामा महिला तथा पुरुष गरी १८ जना खेलाडी सहभागी छन् । 

salt training

कमेन्ट गर्नुहोस्