१५ असार २०८३, सोमबार

‘घुम्न जाने भन्दै बोलाए, कोठामा लगेर बलात्कार गरे’

पुस १४, २०८१
काठमाडौं
‘घुम्न जाने भन्दै बोलाए, कोठामा लगेर बलात्कार गरे’

एक १७ वर्षीया किशोरीलाई घुम्न जाने भन्दै बोलाएर बलात्कार गरेको आरोपमा दुई जना किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३० रूद्रमार्ग बस्ने दुई जना १८ वर्षीय किशोरहरू छन् ।

उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले ती किशोरीलाई घुम्न जाने भनी ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राति जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्