२३ जेठ २०८३, शनिबार

३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर

पुस १४, २०८१
काठमाडौं
३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर

केदारप्रसाद गौतम, सूर्यबहादुर लिम्बू र कृष्णहरि थापा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष  टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई आइतबार दोषी ठहर गरेको हो ।

बैंकिङ कसुर मुद्दामा उनीहरू कसुरदार ठहर भई सजायसमेत भएको तथा सर्वोच्च अदालतबाट शुरू सदरसमेत भइसकेकाले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले दोषी ठहर गरेको हो ।

'प्रतिवादीहरूले कसुरबाट प्राप्त गरी विभिन्न प्रक्रियाबाट बैंक ट्रान्सफर एवं तह-तह हस्तान्तरण तथा रुपान्तरण गरी ३३ करोड ९३ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको देखिन्छ,' विशेषको फैसलामा उल्लेख छ ।

उनीहरूलाई सजाय निर्धारणका लागि पुस २२ गते पेशी तोकिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्