
प्राध्यापक प्रेमकुमार खत्री, पिएचडीद्वारा लिखित नेपाली संस्कृतिको इतिवृत्त नामक पुस्तक सार्वजनिक भएको छ । रत्न पुस्तक भण्डारद्वारा प्रकाशित यो पुस्तक दुई भागमा निबद्ध गरिएको छ ।
पुस्तकको पहिलो भागमा ११ अध्याय छ, जहाँ नेपाली संस्कृति पहिचान र परिभाषा, नेपाली समाज र संस्कृति, नेपाली संस्कृति र महिला, शिक्षा र संस्कृति : एक अर्काका परिपूरक, नेपाली संस्कृति र परिभाषा अन्योन्याश्रित सम्बन्ध, नेपाली संस्कृति र कला, नेपाली संस्कृतिमा धर्म, सम्प्रदाय र निरेक्षता, संस्कृति व्रत, पुराणवाचन एवं तीर्थस्थल, संस्कृति र संस्कार, नेपाली संस्कृति र चाडपर्व तथा समापन शीर्षकका विषयवस्तु समावेश गरिएका छन् ।
पुस्तकको भाग दुईमा १० अध्याय छ, जहाँ नेपाली संस्कृति : सम्पदा र विविधता, नेपालका सांस्कृतिक सम्पदा, नेपालका प्राकृतिक सम्पदा, सम्पदा र संरक्षण, सम्पदा र विकास, पुरातत्व र पुरातात्विक सम्पदा, सम्पदा र शिक्षा, प्रादेशिक सांस्कृतिक सम्पदा : अध्ययन, योजना र आयामहरू, सम्पदा विकास र नेपाल बाह्य सम्बन्ध तथा उपसंहार शीर्षकका विषयवस्तु समावेश गरिएको छ ।