२४ असार २०८३, बुधबार

भोजनमा खजुर समावेश गर्नुका फाइदै फाइदा, जुन तपाईंलाई थाहा नहुन सक्छ !

पुस १५, २०८१
काठमाडौं
भोजनमा खजुर समावेश गर्नुका फाइदै फाइदा, जुन तपाईंलाई थाहा नहुन सक्छ !

जाडोमा स्वास्थ्यप्रति अलिकति पनि लापरबाही गर्नुभयो भने विभिन्न रोग निम्तिन सक्छ। यस्तो अवस्थामा आफूलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि आफ्नो आहारमा खजुर समावेश गर्नुभयो भने तपाईंलाई विभिन्न फाइदा हुन्छन् । 

आहार विशेषज्ञका अनुसार खजुर पोषणयुक्त र स्वास्थ्यका लागि लाभदायक सुकेका फलमध्ये एक मानिन्छ। खजुरमा प्राकृतिक चिनी र उत्कृष्ट पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छन्, जसले आन्द्राको स्वास्थ्यलाई सुधार गर्न सहयोग गर्छ।

जाडोयामको सुकेको फल भनेर चिनिने खजुरमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, पोटासियम, फलाम, म्याग्नेसियम र फस्फोरसजस्ता पोषक तत्व भरपूर हुन्छन्। यसलाई खाने बानीले रगतको प्रवाह सुधार गर्ने मात्र होइन, मुटु र मस्तिष्कलाई पनि बलियो बनाउँछ।

खजुरका प्रमुख फाइदाहरू :
रोग प्रतिरोधात्मक क्षमता वृद्धि
जाडोमा सामान्य हुने रुघा, खोकी र फ्लुजस्ता समस्याहरूबाट बच्न खजुर प्रभावकारी हुन्छ। यसमा भएका एन्टिअक्सिडेन्ट र पोषक तत्वहरूले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छन्।

पाचन प्रणालीको सुधार
खजुरमा पाइने घुलनशील फाइबर र अमिनो एसिडहरूले पाचन तन्त्रलाई स्वस्थ राख्छन्। यसले कब्जियतजस्ता समस्याबाट बचाउँछ।

कोलेस्ट्रोल नियन्त्रण
खजुरमा पोटासियम धेरै र सोडियम थोरै मात्रामा हुन्छ। यसले शरीरको स्नायुतन्त्रलाई मजबुत बनाउन मात्र होइन, खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । जसले मुटुको स्वास्थ्यलाई पनि सुधार गर्छ।

ऊर्जा प्रदान
खजुर प्राकृतिक चिनी (ग्लुकोज र सुक्रोज)ले भरपूर हुन्छ। यसलाई दूधसँग खाँदा थप फाइदा पुग्छ। जाडोयाममा खजुर खाने बानीले शरीरको तापक्रम सन्तुलित राख्न मद्दत गर्छ।

मुटु र हड्डीका लागि लाभदायक
खजुरमा प्रशस्त मात्रामा पाइने पोटासियम र क्याल्सियमले हड्डीलाई बलियो बनाउँछ। यसले हृदयसम्बन्धी रोगको जोखिम पनि कम गर्छ।

गर्भवती महिलाका लागि उपयोगी
गर्भवती महिलाका लागि खजुर लाभदायक हुन्छ। यसले रक्तस्राव कम गर्न र अन्य समस्याहरू समाधान गर्न सहयोग पुर्‍याउँछ।

वजन बढाउन मद्दत
जो मानिस वजन घट्ने समस्याबाट पिरोलिएका छन्, तिनीहरूले खजुर खानुपर्छ। यसमा भएका पोषक तत्वहरूले वजन बढाउन सहयोग गर्छन्।

मधुमेह भएका व्यक्तिले खजुर खाँदा...
विशेषज्ञका अनुसार, मधुमेह भएका बिरामीले १-३ वटा खजुर खान सक्नेछन्, यदि तिनीहरूको ब्लड सुगर नियन्त्रणमा छ भने। खजुरमा प्राकृतिक चिनी उच्च मात्रामा भए पनि यसले शरीरलाई तत्काल ऊर्जा दिन सक्छ।

खजुर कहिले र कसरी खाने?
बिहान खाली पेट
रातभर खजुरलाई पानीमा भिजाएर बिहान खाली पेट खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ। यसले दिनभर ऊर्जावान महसुस गराउँछ।

दूधसँग खाने
राति सुत्नुअघि तातो दूधमा खजुर राखेर खाँदा शरीरलाई तत्काल गर्मी प्रदान गर्छ।

अन्य ड्राइ फ्रुट्ससँग
खजुरलाई बदाम, काजु र ओखरसँग खाँदा स्वाद र पोषण दुवै बढ्छ।

मिठाइ र डेजर्टमा
खजुरको प्रयोग हलुवा, केक र लड्डुमा गर्न सकिन्छ, जसले यी परिकारलाई स्वादिष्ठ बनाउँछ।

खजुरलाई आफ्नो दैनिक आहारमा समावेश गरेर स्वास्थ्यप्रति सचेत रहनुहोस् र जाडोमा ऊर्जावान बन्नुहोस्।

salt training

कमेन्ट गर्नुहोस्