२३ असार २०८३, मंगलबार

ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किए

पुस १६, २०८१
सर्लाही
ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किए

सर्लाहीमा उखु बोकेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । नयाँरोड सडक खण्डमा गएराति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो । 

मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । 

बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँ रोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्