२२ असार २०८३, सोमबार

गणतन्त्र स्थायी हो, यसलाई अझै सुदृढ बनाउनु पर्छ : देउवा

पुस १६, २०८१
काठमाडौं
गणतन्त्र स्थायी हो, यसलाई अझै सुदृढ बनाउनु पर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल र विश्वसनीय बनाउनु सबैको दायित्व भएको बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा मंगलवार कांग्रेस जिल्ला समिति काठमाडौंले आयोजना गरेको कार्यक्रममा देउवाले गणतन्त्र स्थायी रहने भन्दै यसलाई अझै सुदृढ र प्रभावकारी बनाउनु पर्ने बताए ।

‘गणतन्त्रलाई सफल पार्नु र अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य हो । यो गणतन्त्र स्थायी रहन्छ, अझै सुदृढ बनाउनु पर्छ । अझै प्रभावकारी बनाउनु पर्छ,’ उनले भने । 

सबै नेपाली एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले बताए । ‘राष्ट्रिय मेलमिलापको नीतिबाट एकताबद्ध रूपमा हामी अघि बढिरहेका छौं, यसलाई अझ अघि बढाउनु पर्छ । हिमाल पहाड र तराई सबै नेपालीको एकता र मेलमिलाप हुनुपर्छ,’ उनले भने, ‘सम्पूर्ण नेपालीको बीचमा एकता गर्नु आजको आवश्यकता हो ।’

salt training

कमेन्ट गर्नुहोस्