
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत जाने भएका छन् ।
आउँदो जनवरी १३ तारिखमा नेता कोइराला बेलायत जाने भएका हुन् ।
बेलायतका विदेशमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणा उनी त्यहाँ जान लागेका हुन् ।
बेलायतका उद्योग मन्त्रीका निकट सहयोगी आरके त्रिपाठीका अनुसार भ्रमणका क्रममा नेता कोइरालाले बेलायको संसद् भवनभित्र आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
संसद् भवनभित्र रहेको तीन वटा सम्बोधन हलमध्ये डा. कोइरालाले सम्बोधन गर्ने प्रबन्ध गरिएको हो ।
सम्बोधनमा बेलायती विदेश मन्त्री र उद्योग, वाणिज्य, व्यापार मन्त्रीको उपस्थिति रहने छ ।