१२ असार २०८३, शुक्रबार

२५ लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन

पुस १६, २०८१
काठमाडौं
२५ लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
फाइल फोटो

मोरङको सुन्दरहरैंचा नगरपालिकाले रु २५ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ ।

प्रदेश सरकारसँगको समन्वयमा  पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो । 

कार्यक्रमअन्तर्गत दुई सय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिए । कार्यक्रममा २१ किसान परिवार सहभागी छन् ।

सुन्दरहरैँचा नगरपालिकाभित्रका धेरै स्थानमा तोरीखेती हुने भएकाले मौरीपालन कार्यक्रम कार्यान्वयन गरिएको उनको तर्क छ ।

मौरीपालनले महका साथै तोरी उत्पादनमा  पनि मद्दत पुग्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्