
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज आयोजना गरेको पार्टीको सय दिने अभियानको समापन गर्दै उनले सबै नेपाली एकताबद्ध भएर गणतन्त्रलाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताए ।
सभापति देउवाले राष्ट्रिय मेलमिलापको नीतिबाट प्रेरित भएर नेपाली कांग्रेस मात्र नभई सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर राष्ट्र निर्माणका काममा अघि बढिरहेका भन्दै यो एकता सधैं अक्षुण्ण रहनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री देउवाले गणतन्त्रलाई सफल पार्न यसविरुद्धका गतिविधि निस्तेज पार्नुपर्ने बताए ।
उनले हिमाल, तराई, पहाड जुनसुकै स्थानका नेपालीबीच एकता र मेलमिलाप हुनुपर्नेमा जोड दिए ।