
प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राई नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम झापाको शिवसताक्षी नगरपालिका-२,का राईलाई मंगलबार प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन् ।
सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति पौडेलसँग भेट गरी राईलाई प्रतिनिधि सभाको सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
प्रतिनिधि सभाको सचिव नियुक्त राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।
