
रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलमा सुरु भएको नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को अठारौँ संस्करण शुभारम्भमा सहभागी भारतीय सेनाको टोली । श्री मध्य पश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुनले एक कार्यक्रमबीच सो अभ्यासको शुभारम्भ गरेका हुन् । नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवालको नेतृत्वमा र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा सञ्चालन भएको उक्त संयुक्त अभ्यास कार्यक्रम यही पुस २९ गते सम्पन्न हुनेछ । तस्बिर सौजन्यः रासस