०१ असार २०८३, सोमबार

निर्वाचनको मुखमा रित्तिए गाउँ

कात्तिक ३०, २०७४
निर्वाचनको मुखमा रित्तिए गाउँ

बाजुरा, ३० कात्तिक- प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्मुखमै सुदूरपश्चिमका उच्च पहाडी भेगका मतदाता चिसो छल्न न्यायो खोज्दै बेंसीतर्फ झरेपछि उम्मेदवारहरूलाई उनीहरूको मत आफ्नो पक्षमा ल्याउन चुनौती थपिएको छ ।

पहाडी जिल्ला बाजुरा र दार्चुलाका उच्च भेगका बासिन्दा अत्यधिक चिसोका कारण मतदानभन्दा ज्यान प्यारो भन्दै बासस्थान छाडेर अन्यत्रै सरेका छन्, राजधानी दैनिकमा खबर छ  । हिमाली गाउँपालिका–२ बौडी, बाजुराका पुरन थापा परिवार  भेडाबाख्राको बथानसहित अछामको बुढाबगर सरेका छन् । उनीसँगै गाउँका ३५ परिवार गाउँमा चिसो बढेसँगै भेडाबाख्रा लिएर मत हाल्नसमेत नफर्कने गरी बसाइँ सरेका हुन् । भोटे जातिको बाहुल्य रहेको यो गाउँ यतिबेला सुनसान छ ।

salt training

कमेन्ट गर्नुहोस्