०१ असार २०८३, सोमबार

रातभर आगलागी भएको पाटनका उद्योगको कति भयो क्षति ?

कात्तिक ३०, २०७४
रातभर आगलागी भएको पाटनका उद्योगको कति भयो क्षति ?

काठमाडौं, ३० कत्तिक- पाटन औद्योगिक क्षेत्रभित्र मंगलबार साँझ लागेको आगलागीमा दुई उद्योगले करिब १४ करोड रुपैयाँबराबरको क्षति भएको जानकारी दिएका छन्। आनन्द प्लास्टिक उद्योग र पञ्चकन्या ग्रुपअन्तर्गतको यूपीभीसी प्रोफाइल्स डोर एन्ड विन्डोमा मंगलबार साँझबाट सुरु भएको आगलागी बुधबार बिहान १५ घन्टापछि मात्रै नियन्त्रणमा आएको थियो।
उद्योगभित्र रहेका अधिकांश मेसिन तथा सामान जलेर नष्ट भएका छन्। तर अहिलेसम्म आगलागीको कारण खुलेको छैन। मंगलबार साँझ सवा ६ बजेबाट उद्योगमा आगलागी भएको थियो। उपत्यकामा रहेका सबै दम्कल प्रयोग गर्दा पनि समयमै आगलागी नियन्त्रण हुन सकेको थिएन, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्