
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा जीवन रानालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आयोगको सदस्यमा डा हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन् ।
धनगढी उपमहानगरपालिका–८ निवासी नवनियुक्त उपाध्यक्ष रानाले राना थारु समुदायको सांस्कृतिक जीवन विषयमा विद्यावारिधि गरेको प्रदेश सरकारले जनाएको छ ।
नवनियुक्त उपाध्यक्षलाई आज साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित समारोहमा मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको सपथ गराए ।