२६ असार २०८३, शुक्रबार
कृषि अर्थतन्त्रको विरोधाभाष

धान फल्ने जमिन घट्दा पनि उत्पादन बढ्यो

पुस १९, २०८१
काठमाडौं
धान फल्ने जमिन घट्दा पनि उत्पादन बढ्यो

चालू आर्थिक वर्ष २०८१/०८२ मा धान उत्पादन बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवमा धान उत्पादन ४.०४ प्रतिशतले वृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको छ । गत अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भन्दा ४.०४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । 

चालू वर्षमा धान रोपाई गरेको क्षेत्रफल भने घटेको थियो । धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको दाबीसमेत मन्त्रालयले गरेको छ ।  जुन हालसम्मकै उच्च हो । तर, मन्त्रालयले औपचारिक तथ्याङ्क भने सार्वजनिक गरिसकेको छैन । 

गत बर्खा र असोजको बाढीपहिरोले सबैभन्दा बढी धान बालीमै क्षति पुर्‍याएको थियो । गत असोजको अन्तिम सातामा परेको अविरल वर्षाका कारण आएको भीषण बाढीपहिरोका कारण देशभर ५८ हजार ४ सय ७६ हेक्टरमा लगाइएको धान बाली नष्ट भएको थियो । पछिल्लो ७/८ वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष धान उत्पादन बढेको देखिन्छ । तर, खेती गर्ने जमिनको क्षेत्रफल भने निरन्तर घटिरहेको छ । 

आर्थिक वर्ष २०७४/७५ मा ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो । सो वर्ष धान उत्पादन हुने जमिनको क्षेत्रफल १४ लाख ६९ हजार ५ सय ४५ हेक्टर रहेको थियो । आर्थिक वर्ष २०८२/८२ सम्म आइपुग्दा धान उत्पादन बढेर ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन पुगेको छ । धान लगाउने क्षेत्रफल भने घटेर १४ लाख ३० लाख हेक्टर हाराहारी मात्रै छ । 

नेपालले सन् २०३० सम्म कृषिमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । पन्ध्रौँ पञ्चवर्षीय विकास योजनामा धानको उत्पादन २०७५/७६ को ३.७६ मेट्रिक टन प्रतिहेक्टरबाट २०८०/८१ को अन्त्यसम्म मा ४.५ मेट्रिक टन प्रतिहेक्टर पुर्‍याउने लक्ष्य लिएको थियो । जुन गत वर्षसम्म ३.९८ प्रति हेक्टरमा सीमित भयो । एक वर्षपछि अर्थात् चालू आर्थिक वर्षमा पनि पन्ध्रौँ पञ्चवर्षीय विकास योजनाको लक्ष्य भेटाउन सकिएको छैन । 

तथ्याङ्कमा धान उत्पादन 
आर्थिक वर्ष २०७४ मा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा धान रोप्दा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा १४ लाख ६९ हजार ५ सय ४५ हेक्टर क्षेत्रफलमा धान रोप्दा ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकले देखाउँछ । यस वर्ष धान लाउने क्षेत्रफल ८२ हजार ९२४ हेक्टरले घटेको देखिन्छ । 

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १४ लाख ९१ हजार ७ सय ४४ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो भने ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष धान २२ हजार १९९ हेक्टर बढीमा लगाइएको थियो ।  

आर्थिक वर्ष २०७६/७७ मा १४ लाख ५८ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यस वर्ष ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । एक वर्षमा ३२ हजार ८२९ हेक्टर धानखेतीको क्षेत्रफल घटेको मन्त्रालयको तथ्यांक छ । 

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा धानखेतीको क्षेत्रफल १४ हजार ५५९ हेक्टरले बढेको देखिन्छ ।  यस वर्ष १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान रोप्दा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा धान खेतीको क्षेत्रफल १४ लाख ७७ हजार ३७८ हुँदा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरका धान लगाउँदा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष पनि धान लगाउने क्षेत्रफल २९ हजार ५८९ हेक्टर क्षेत्रफल घटेको थियो । आर्थिक वर्ष २०८०/८१ मा धान रोप्ने क्षेत्रफल झन ८ हजार ८०० हेक्टरले घटेर १४ लाख ३८ हजार ९८९ हेक्टर हुँदा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ

बर्सेनि अर्बौको धानचामल आयात 

नेपालको अन्तरिक उत्पादन बढेको तथ्याङ्कमा देखिए पनि बर्सेनि अर्बौंको धान र चामल आयात हुने गरेको छ । आजभन्दा ६ वर्ष पहिले अर्थात् आर्थिक वर्ष २०७५/७६ मा नेपालमा ६ अर्ब ८८ करोड रुपैयाँको धान र २५ अर्ब ७१ करोडको चामल आयात भएको थियो । 

यस्तै गत आर्थिक वर्षमा मात्रै १२ अर्ब ९४ करोड रुपैयाँ बराबरको धान र ९ अर्ब २८ करोड रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

salt training

कमेन्ट गर्नुहोस्