०४ असार २०८३, बिहीबार

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेदेखि

पुस १९, २०८१
सुर्खेत
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेदेखि

कर्णाली प्रदेश सरकारले आगामी माघ ७ गतेदेखि प्रदेशसभाको पाँचौं अधिवेशन बोलाउन सिफारिश गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो एक बजे प्रदेशसभाको पाँचौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

यस्तै, सरकारले जगदुल्ला ए अर्ध जलाशय युक्त जलविद्युत आयोजनामा ४१ करोड ४९ लाख ३० हजार ३ सय ६० रुपैयाँ बराबरको शेयर खरिद गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्