२६ जेठ २०८३, मंगलबार

क्यालिफोर्नियामा विमान दुर्घटना : २ जनाको मृत्यु, १८ घाइते

पुस १९, २०८१
काठमाडौं
क्यालिफोर्नियामा विमान दुर्घटना : २ जनाको मृत्यु, १८ घाइते

अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । यसको कारण भने खुल्न सकेको छैन ।​

फुलर्टन प्रहरीले एक्समा भनेको छ, 'दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।'

यसका साथै १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य आठ जनाको घटनास्थलमै उपचार गरिएको छ ।

एक प्रहरी अधिकारीले स्थानीय स्टेसन केटीएलएलाई बताएअनुसार मृतकहरू विमानका यात्रु हुन् वा उनीहरू विमान दुर्घटना भएको भवनमा काम गर्ने कामदार थिए भन्नेबारे तत्काल पुष्टि गर्न नसकिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

टेलिभिजन फुटेजमा भवनको छतमा प्वाल परेको र धुवाँ निस्केको देखिएको छ ।

'एक ठूलो आवाजसहित जहाज भवनमा ठाक्किँदा हामी तर्सियौं र त्यसपछि भवनबाट भाग्न थाल्यौं,' घटनास्थलका प्रत्यक्षदर्शी मध्येका एक जेरोम क्रुजले भने ।

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)का अनुसार उक्त विमान एकल इन्जिनमा निर्माण गरिएको आरभी–१० थियो, जुन चार सिट भएको सानो मोडेल थियो ।

गत नोभेम्बरमा फुलर्टन विमानस्थल नजिकै भएको अर्को दुर्घटनामा दुई जना घाइते भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्