३१ जेठ २०८३, आइतबार

सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : प्रचण्ड

पुस १९, २०८१
काठमाडौं
सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको भावनालाई केन्द्रविन्दुमा राखेर सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी रहेको बताएका छन् ।

आज आयोजित नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

'अहिलेको युग सूचनाको युग हो । प्रविधिको विकासले यस क्षेत्रमा धेरै अवसर र चुनौती ल्याएको छ, त्यसतर्फ सञ्चारकर्मी सचेत हुन जरुरी छ,' उनले भने ।

अहिलेको युग सूचनाको युग भएकाले यसले ल्याएका अवसर र चुनौतीसँग सामना गर्ने कुरा सजिलो नभएको उनको भनाइ थियो ।

निष्पक्ष पत्रकारिताका लागि खबरदारी गर्न अध्यक्ष दाहालले महासङ्घलाई आग्रह गरे । भ्रष्टाचारका विषयमा एकअर्कालाई दोषारोपण गर्नुभन्दा निष्पक्षरूपमा छानबिन गर्नुपर्नेमा उनले जोड दिए । 'इमानदारिताका साथ अनुसन्धान गर्नु जरुरी छ,' उनले भने ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार छानबिन गर्न पूर्वप्रधानन्यायाधिशको संयोजकत्वमा शक्तिशाली समिति बनाउन आग्रह गरे ।

'एउटाले अर्कोलाई दोष लगाउने काम राम्रो होइन । एउटा निश्चित मापदण्ड र निश्चित मानक बनाएर भ्रष्टाचार छानबिनमा जोड दिनुपर्छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्