०७ असार २०८३, आइतबार

पार्टीमा अनुशासन आवश्यक छ : महासचिव पोखरेल

पुस १९, २०८१
काठमाडौं
पार्टीमा अनुशासन आवश्यक छ : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७औं वार्षिक उत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताएका हुन् । 

महासचिव पोखरेलले पार्टीमा वैरीहरूले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताए । उनले यस्तो बेलामा पार्टी निर्णयविरुद्ध जान उचित नहुने बताए । 

महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताए । 'देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नुसक्नुपर्दछ,' उनले भने ।

महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनबिना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताए ।

कमेन्ट गर्नुहोस्