२८ जेठ २०८३, बिहीबार

रेडियो दिदीबहिनीलाई ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार' प्रदान गरिने

पुस २०, २०८१
काठमाडौं
रेडियो दिदीबहिनीलाई ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार' प्रदान गरिने

सम्पादक समाज नेपालले  ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८१’ पर्वतमा महिलाद्वारा सञ्चालित सामुदायिक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जलाई प्रदान गर्ने निर्णय गरेको छ । संस्थागत रूपमा प्रदान गरिने यो पुरस्कार प्रमाणपत्रसहित नगद २५ हजारको रहेको छ ।

यस्तै 'गोविन्द वियोगी विशेष पत्रकारिता' पुरस्कार राजधानी दैनिकका बझाङ सम्वाददाता डीबी विष्ट र समय अनलाइनका सम्पादक ध्रुव रावललाई प्रदान गरिने समाजका महासचिव श्याम डोटेलले जानकारी दिए । 

यो पुरस्कार जनही १५ हजारसहित प्रदान गरिने छ । 

समाजको पुष १७ गते बसेको बैठकले पत्रकार युवराज घिमिरेलाई सम्पादक समाज नेपाल सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको छ । 

बैठकले सम्पादक समाज नेपालका संस्थापक स्व. गोविन्द वियोगीकी धर्मपत्नी कृष्ण वदन वैद्यलाई अभिनन्दन गर्ने निर्णय समेत गरेको छ ।

आगामी माघ ५ गते संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौरमा पुरस्कार, सम्मान एवं अभिनन्दन कार्यक्रम गरिने समाजले जनाएको छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्