०५ असार २०८३, शुक्रबार

नेपालकै होचा कलाकार शाहको निधन

कात्तिक ३०, २०७४
नेपालकै होचा कलाकार शाहको निधन

काठमाडौं, ३० कात्तिक - नेपालकै होचा कलाकार दिपेन शाहको निधन भएको छ । 

उनको विहिवार विहान उपचारको क्रममा निधन भएको हो । ज्वरोका कारण अस्पताल भर्ना भएर उपचार  गराइरहेका शाहको आज विहान निधन भएको उनको पारिवारीक स्रोतले बताएको छ । 

अस्पताल स्रोतका अनुसार उनकै  दुबै मृगौला फेल भएका थिए । मृगौलाले काम  नगरेपछि उनको मुटुमा समेत असर पुगेको थियो ।

२०५५ सालमा जन्मिएका शाह हाँस्य चलचित्र छेउ न टुप्पो र झ्याईंकुटी झ्याईं मार्फत लोकप्रीय बनेका थिए । उनको उचाई ३१ इन्च मात्रै थियो ।

१० कक्षामा अध्ययन गर्दै  गरेका उनको उपचारको क्रममा निधन भएको हो ।

उनले केही समय अघि विश्वकै होचो कलाकारको रुपमा गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन खोजेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्