१६ असार २०८३, मंगलबार

चीनको तरकारी बजारमा आगलागी, ८ जनाको मृत्यु

पुस २०, २०८१
काठमाडौं
चीनको तरकारी बजारमा आगलागी, ८ जनाको मृत्यु

उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

बेइजिङको उत्तरपश्चिममा रहेको झाङ्जियाकोउ शहरमा भएको आगलागीपछि किआओसी जिल्ला जनसरकारले भने, 'घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ र हाल उनीहरूको जीवनमा कुनै खतरा छैन ।'​

लिगुआङ बजारमा बिहान ८ः४० बजे आगलागी भएको थियो र बिहान १० बजेपछि निभाइएको जिल्ला सरकारले जनाएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

अक्टोबरमा प्रमुख सहर चेङ्दुमा लागेको आगलागीमा २४ जनालाई सास फेर्न गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको राज्य मिडियाले जनाएको छ ।​​

जुलाईमा, दक्षिणपश्चिमी शहर जिगोङको एक शपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्