
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तराईसँग सञ्जाल विस्तार गर्न बनाइएको सडक सञ्चालले हिमाल र तराईबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताएका छन् ।
सगरमाथा क्षेत्रलाई पर्यटन र विकाससँग जोड्ने उद्देश्यले निर्माण गरिएको सडक परियोजनाको आज उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले उक्त सडकले हिमाल र तराईबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । सगरमाथा क्षेत्र जोड्ने सडक स्तरोन्नतिमा कोशी प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रको पर्यटन प्रवर्द्धनलाई तीव्रता दिने योजना रहेको जानकारी दिए ।
लुक्लाबाट नजिकैको बस्ती सुर्केसम्म सडक विस्तार भएपछि अहिले त्यहाँसम्म बस सेवा सञ्चालनमा आएको छ । यसले सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउनेमा मुख्यमन्त्रीले विश्वास व्यक्त गरे । हिमाली उत्पादनहरू जस्तै आलु, गहुँ, जडीबुटी र तरकारीहरूलाई तराईसम्म पु¥याउन यो सडकको ठूलो भूमिका रहने उनले बताए ।