१९ असार २०८३, शुक्रबार

भीम रावलले धरान पुगेर नेकपा एसका उपमहासचिवसँग गरे भेटवार्ता

पुस २१, २०८१
काठमाडौं
भीम रावलले धरान पुगेर नेकपा एसका उपमहासचिवसँग गरे भेटवार्ता

नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईलाई भेटेका छन् ।

सुनसरीको धरानस्थित एक पूर्व लाहुरेको घरमा आइतबार बिहान केही चर्चित स्थानीय व्यक्तित्वलाई भेटेका रावलले त्यसलगत्तै पूर्व मुख्यमन्त्री राईसँग भेटवार्ता गरेका हुन् ।

भेटमा रावलले ‘मातृभूमि जागरण अभियान’का बारेमा राईलाई जानकारी गराएका थिए । 

विगतको स्मरण गर्दै दुई नेताबीच सौहार्द कुराकानी भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य वासिम आलमले बताए ।

माधव नेपाल प्रधानमन्त्री भएका बेला रावल गृहमन्त्री थिए । राई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा थिए ।

‘पहिला उहाँहरू एमालेमा हुँदा एउटै लाइनमा हुनुहुन्थ्यो’, भेटमा सहभागी भएका आलमले भने, ‘अहिले एमालेले कारबाही गरेपछि भावी रणनीतिबारे छलफल गर्नुभएको हो ।’

सुनसरीको भरौलमा भेट्रान फूटबल प्रतियोगिता उद्घाटन गर्नेगरी पूर्व आएका रावल फूटबल रोकिएपछि भेटघाटमा व्यस्त छन् । एमालेको दबाबका कारण फूटबल प्रतियोगिता रोकिएको थियो । 

प्रतियोगिता पुस २२ गतेलाई सरेको आयोजकले जनाएको छ ।

रावललाई एकीकृत समाजवादी र एमालेकै पुराना नेताहरूले साथ दिएको उनी निकटका नेताहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्