२३ असार २०८३, मंगलबार

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा श्रेष्ठ

पुस २१, २०८१
काठमाडौं
नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा श्रेष्ठ

नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा मनोजबाबु श्रेष्ठ चयन भएका छन् ।

महासंघको शनिबार  सम्पन्न तेस्रो महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति निर्विरोध रूपमा चयन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा कमल अग्रवाल र हरि गौतम र प्रथम उपाध्यक्षमा लक्ष्मी खड्का र हरि पाण्डे चयन भएका छन्। 

यस्तै दुई महिलासहित १३ उपाध्यक्षमा क्रमशः गणेशकुमार न्यौपाने, गोरखबहादुर थापा, कुसुम महर्जन, दीपकचन्द्र प्रधान, रामप्रसाद अवाल, जयकृष्ण शर्मा, पार्वती पौडेल भट्ट, धीरेन्द्र रिजाल, मिलन श्रेष्ठ, शिवप्रसाद ढकाल, सागर शाक्य, रामकुमार तिमिल्सिना र लेखनाथ पौडेल चयन भएका छन् ।

null

यसैगरी महासचिवमा नवीन लुइँटेल , उपमहासचिवमा रामकुमार पण्डित, नारायणप्रसाद न्यौपाने र नवराज भण्डारी, कोषाध्यक्षमा हिमलाल खराल, सहकोषाध्यक्षमा यमुना श्रेष्ठ र राजमनी भट्टराई र त्रीलोचन सुवेदी चयन गरिएको छ । ​​

किशोरकुमार गौतम, केदार न्यौपानेलगायत सात सचिवमा चयन गरिएको छ ।

विक्रम संवत् २०७३ मा स्थापना भएको महासंघमा देशभरका २२ संघहरू आबद्ध छन् । हाल महासंघमा देशभरका १० हजारभन्दा बढी सदस्य आबद्ध रहेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनले साना तथा घरेलु उद्योगी व्यवसायीहरूको हकहित र अधिकारका लागि काम गर्ने बताए । व्यवसायीहरूका समस्या समाधानका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।

salt training

कमेन्ट गर्नुहोस्