०५ साउन २०८३, मंगलबार

माओवादीको सक्रिय राजनीतिमा फर्किए नन्दबहादुर पुन, अध्यक्षसँगै कुर्सीको व्यवस्थापन

पुस २१, २०८१
काठमाडौं
माओवादीको सक्रिय राजनीतिमा फर्किए नन्दबहादुर पुन, अध्यक्षसँगै कुर्सीको व्यवस्थापन

पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किने चर्चाका बीच पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा फर्किएका छन् ।​

धुम्बाराहीमा आइतबारबाट शुरू भएको केन्द्रीय कमिटीको बैठकमा पुनः पदाधिकारीको लहरमा अध्यक्षसँगै बसेका छन् । उपाध्यक्षको लहरमा पुन अध्यक्ष प्रचण्डसँगै देखिएका छन् । अध्यक्ष प्रचण्डपछिको वरीयतामा पुनलाई माओवादीले स्थान दिएको छ ।

पछिल्लो समय माओवादीमा फर्किने चर्चाका बीच केन्द्रीय कमिटीको बैठकबाट पुनः औपचारिक रूपमा पार्टीगत कार्यक्रममा देखिएका हुन् ।

जारी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव पहिलो लहरमा छन् ।

null

माओवादीमा पुनको सक्रिय राजनीतिप्रति देखिने गरी विरोध भएको छैन । तर एमालेमा भण्डारीको सक्रिय राजनीति गर्ने विषय विवादित बन्न पुगेको छ ।

माओवादीले पार्टी जागरण अभियान, आन्तरिक संगठन, राजनीतिक कार्यदिशासहितका विषयमा छलफल गर्दैछ ।

आइतबार अध्यक्षले समसामयिक राजनीतिक विषय, राजनीतिक प्रस्ताव पेश गर्दैछन् । प्रदेशका अध्यक्षले पनि रिपोर्टिङ गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्