०२ असार २०८३, मंगलबार

झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ८६ करोडको कारोबार

पुस २१, २०८१
काठमाडौं
झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ८६ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अंकले बढेको छ ।

साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ को विन्दुमा कायम भएको हो ।

यस दिन बजारमा ९३ लाख ८६ हजार ७१२ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ८६ करोड २ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

आइतबार उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी र ग्रीन भेन्चरस लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा जानकी फाइनान्स १९ करोड ९ लाख ४९ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्