१६ असार २०८३, मंगलबार

स्वर्णलक्ष्मी सहकारी ठगी : रवि लामिछानेविरुद्ध मात्रै ५ करोड ८ लाख बिगो मागदाबी

पुस २१, २०८१
काठमाडौं
स्वर्णलक्ष्मी सहकारी ठगी : रवि लामिछानेविरुद्ध मात्रै ५ करोड ८ लाख बिगो मागदाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ बिगो कायम गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

लामिछाने गोरखा मिडिया नेटवर्क प्रालिको शेयरधनी एवं सञ्चालक, प्रबन्ध निर्देशक र बैंक खाताको हस्ताक्षरकर्ता रहेको अवधिमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट गैरकानूनी रूपमा रकम भित्र्याई ठगी गरेको आरोपमा उनीविरुद्ध आइतबार मुद्दा दायर गरिएको हो ।

गैरकानूनी रूपमा भित्र्याएको रकमहरू प्रतिवादी गितेन्द्रबाबु राई/रवि लामिछानेको नाममा सो सहकारीमा खोलिएको कर्जा खाता/फाइलहरूबाट प्रतिवादी लामिछानेले ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ठगी गरेको अभियोगपत्रमा उल्लेख छ । 

लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

null

 

salt training

कमेन्ट गर्नुहोस्