०८ साउन २०८३, शुक्रबार

बुटवलमा पाँचौं औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी शुरू

पुस २२, २०८१
काठमाडौं
बुटवलमा पाँचौं औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी शुरू

उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ आगामी २०८२ पुस ५ देखि १८ गतेसम्म गर्ने भएको छ । 

बुटवलका उद्योगी-व्यवसायीका मुख्य ४ संस्थाले हरेक वर्ष आलोपालो मेला आयोजना गर्ने बुटवल उपमहानगरसँगको सहमतिअनुसार  २०८२ साल पुषमा मेला गर्न लागेको  संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।  

बुटवल मण्डपमा यस अघिभन्दा फरक र विशिष्ट तरिकाले सम्पन्न गर्ने उद्देश्यका साथ तयारीका काम शुरू भएको र २५० स्टल बुक भइसकेको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए । उनले मेला सञ्चालनका लागि बुटवल उपमहानगरमा निवेदन दर्ता र मेलाको मिति तय भइसकेपछि पुष ५ देखि १८ गतेसम्म मेला सञ्चालन गर्ने जानकारी पत्र पनि गराइसकेको अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए । 

संघका निवर्तमान अध्यक्ष गोविन्द राज गैरेले  बुटवलका ४ वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्ने  नियमअनुसार २०७८  सालमा संघले  चौथो मेला सफलतापूर्वक सम्पन्न गरेको  र आगामी २०८२ मा पाचौ मेला गर्न लागेको बताए । 

संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले २०८२को मेला यस अघिकोभन्दा फरक र उत्कृष्ट बनाउन एक वर्षअघिबाटै तयारी थालेको बताए । स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगीकरण तथा व्यापार विविधीकरणको मूल नारा सहित संघले मेलामा  स्वदेशी उत्पादनलाई प्राथमिकता दिने पराजुलीले बताए । 

संघका वरिष्ठ उपाध्यक्ष  लोकनाथ पन्थी,उद्योग उपाध्यक्ष पदम जिसी,महासचिव यमलाल मरासिनी लगायतले बुटवलमा मेला तथा प्रदर्शनी गर्दै आएका अन्य तीन   संस्था, सरोकारवाला सरकारी र गैर सरकारी निकायसँग सहकार्य गरेर मेलालाई हाल सम्मकै उत्कृष्ट बनाउने  गरी तयारी थालेको बताए।

salt training

कमेन्ट गर्नुहोस्