२५ असार २०८३, बिहीबार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ

पुस २२, २०८१
काठमाडौं
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-९ बस्ने २८ वर्षीय राकेश कुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने ३३ वर्षीय दुधराज थिङ र दाङ तुलसीपुर उपमहानगरपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१० बस्ने ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकामध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ४५ हजार रूपैयाँ, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ र प्रभाले सिंगापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राकेशलाई काठमाडौं महानगरपालिका-९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका-९ बाट र प्रभालाई ललितपुर महानगरपालिका-१० बाट आइतबार पक्राउ गरिएको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्