११ असार २०८३, बिहीबार

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

पुस २२, २०८१
काठमाडौं
१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

कैलालीमा १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको  छ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-६ बनबेहडा बस्ने २७ वर्षीय अशोक भन्ने हरिराम चौधरी रहेका छन् । उनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हरिरामले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्