१० असार २०८३, बुधबार

पश्चिम नवलपरासीमा क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

पुस २२, २०८१
नवलपरासी
पश्चिम नवलपरासीमा क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।

कारागारमा एक सय ७५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार  २५ महिला र एक सय ५० पुरुष कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल तीन जना पाँच वर्षभन्दा मुनिका बालबालिका, ९२ जना महिला र चार सय ७० जना पुरुष छन् । ​

कैदीबन्दीहरूको सङ्ख्या बढी भएपछि उनीहरूको व्यस्थापनमा समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

आवश्यक सङ्ख्यामा स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्था रहेकाले स्थानान्तरण गर्न समस्या भएको कारागार कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

'रुपन्देही र कपिलवस्तुका कारागारमा महिला कैदीबन्दीलाई राख्ने ठाउँ नभएपछि यतै पठाउने गरिएको छ, यसले व्यवस्थापनमा समस्या भएको छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्