
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।
बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले मंगलबार पनि बैठक हुने भएको हो ।
आइतबार शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठक बिहान ११ बजे पुनः बस्ने एमाले एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।