०७ असार २०८३, आइतबार

आयो डिजिटल पिल : रोगीको औषधि सेवन निरीक्षण गर्न मिल्छ

कात्तिक ३०, २०७४
आयो डिजिटल पिल : रोगीको औषधि सेवन निरीक्षण गर्न मिल्छ

काठमाडौं, ३० कात्तिक — रोगीले सही समयमा औषधि खाए नखाएको वा औषधिको मात्रा पूरा नगरेको थाहा पाउन चिकित्सकहरूलाई गाह्रो पर्छ । बिरामीले सही मात्रामा औषधि नखाँदा चिकित्सकले उसको सही स्थिति थाहा पाउन सक्दैनन् । 

यसैमाथि विचार गरेर डिजिटल पिलको विकास गरिएको छ । यो औषधि खाएपछि त्यसको मात्रा र समयको सबै जानकारी एउटा बियरेबल प्याचमा पुग्छ । त्यसपछि त्यो प्याचले ब्लूटूथमार्फत स्मार्टफोन एपमा सबै जानकारी दिन्छ । 

यो एपले चिकित्सक र घरका चार सदस्यसम्म औषधिको जानकारी पु–याउँछ । सही समयमा सही मात्रामा औषधि खाए नखाएको पत्ता लाग्छ । 

डिजिटल पिललाई जापानको औषधि कम्पनी ओतसुका र डिजिटल मेडिसिन सर्भिसले मिलेर बनाएका हुन् । 

बियरेबल प्याचले स्वास्थ्यका सबै जानकारी रेकर्ड गरिदिन्छ । सक्रियताको स्तर, निद्राको प्याटर्न, कति कदम हिँडेको, मुटुको चाल सबै ट्य्राक गर्न मिल्छ । 

यसको डाटा एपमा सात दिनसम्म रेकर्ड हुन्छ । 

डिजिटल औषधिलाई मानसिक रोगका लागि उपयोग गरिनेछ । विशेषगरी मानसिक रोगीले औषधि नखाइकन खाएँ भनी ढाँट्ने गरेकोमा यो डिजिटल पिल उपयोगी हुनेछ । यसबाट मानसिक स्वास्थ्यको स्थिति सुधार गर्न सहायता पुग्ने अपेक्षा गरिएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्