१५ असार २०८३, सोमबार
तिब्बतको भूकम्पले नेपालमा सामान्य क्षति

भूकम्प : सिन्धुपाल्चोकमा प्रहरी चौकीको भवन चर्कियो, ओखलढुंगा र सोलुखुम्बुमा केही घरमा क्षति

काठमाडौंमा आत्तिएर एक व्यक्ति घरको छतबाट हामफाले, बारामा ११ विद्यार्थी बेहोस्
पुस २३, २०८१
काठमाडौं
भूकम्प : सिन्धुपाल्चोकमा प्रहरी चौकीको भवन चर्कियो, ओखलढुंगा र सोलुखुम्बुमा केही घरमा क्षति

काठमाडौंमा भूकम्पले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् । स्युचाटारका ती व्यक्तिले मंगलबार बिहान भूकम्पले हल्लाउनेवित्तिकै घरको छतबाट हाम फालेका हुन् । 

उनको परिचय भने खुलाइएको छैन । उनको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

भूकम्पले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकीको भवन चर्किएको गृह मन्त्रालयले जनाएको छ । 

यसैगरी बाराको कलैया उपमहानगरपालिका-१ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका थिए ।  उपचारपछि उनीहरू डिस्चार्ज भइसकेका छन् । 

मन्त्रालयका अनुसार रामेछापमा एउटा गोठ भत्किएको छ । 

ओखलढुंगा र सोलुखुम्बुमा पनि मानिस नबस्ने केही घरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । 

आज बिहान ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँ केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । 

नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो । काठमाडौंबासी आत्तिएर घरबाहिर निस्किएका थिए ।

भूकम्पले चीनको दिंगेकान्टीमा कम्तिमा ५० जनाको मृत्यु भएको छ । भूकम्पले केही घरहरू भत्किएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्