०३ साउन २०८३, आइतबार

सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट एक जना पक्राउ

पुस २३, २०८१
काठमाडौं
सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट एक जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित एक जनालाई पक्राउ गरेको छ । 

भन्सार छली लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुनजस्तो देखिने धातुको ढिक्का एक थान र औंठी १ थानसहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय सञ्जय तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्