०३ साउन २०८३, आइतबार

भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति

पुस २३, २०८१
संखुवासभा
भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति

चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर मंगलबार बिहान गएको भूकम्पका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा एउटा घरमा क्षति पुगेको छ।

भूकम्पबाट स्थानीय तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । 

जस्तापाताले छाएको शेर्पाको दुई तले ढुङ्गाको घरमा चिरा परेको उनले बताए । शेर्पाको घरमा सात जनाको परिवार बस्दै आएको थियो । उनीहरू भने सकुशल रहेका छन् । 

भूकम्पबाट जिल्लामा मानवीय क्षति भने नभएको प्रजिअ खड्काले बताए । क्षतिको विवरण संकलन गर्न स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्