०५ साउन २०८३, मंगलबार

दिल्लीको विधानसभा निर्वाचन फेब्रुअरी ५ मा हुने, पुनः बाजी मार्ने प्रयासमा आप

बीजेपीको कस्तो छ रणनीति ?
पुस २३, २०८१
काठमाडौं
दिल्लीको विधानसभा निर्वाचन फेब्रुअरी ५ मा हुने, पुनः बाजी मार्ने प्रयासमा आप

छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीको विधानसभा निर्वाचन आगामी फेब्रुअरी ५ तारिखमा हुने भएको छ । 

भारतको निर्वाचन आयोगले २०२५ को दिल्ली विधानसभा चुनावको मिति घोषणा गरेसँगै नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया शुरू भएको छ । 

एक महिनापछि फेब्रुअरी ५ मा हुने निर्वाचनको मतगणना भने त्यसको तीन दिनपछि ८ तारिखका दिन हुनेछ । हालको विधानसभाको कार्यकाल फेब्रुअरी २३ मा समाप्त हुँदैछ ।

दिल्ली विधानसभा ७० सिटमा विभाजित छ । यीमध्ये ५८ सिट सबैका लागि खुला (सामान्य) छन् भने १२ सिट अनुसूचित जातिका उम्मेदवारहरूका लागि आरक्षित छन् ।

दिल्लीमा मुख्य पार्टीको रूपमा आम आदमी पार्टी रहेको छ । यसअघिको निर्वाचनमा बहुमत प्राप्त गरेको यो पार्टीले कल्याणकारी योजनाहरू लागू गर्दै दिल्लीको विकास र सुधारमा ध्यान केन्द्रित गरेको छ ।

त्यस्तै, दिल्ली विधानसभा निर्वाचनका लागि अर्को मुख्य दल भारतीय जनता पार्टी (बीजेपी) हो । प्रमुख प्रतिपक्षको रूपमा बीजेपीले राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएको छ ।
त्यस्तै, कुनै समय दिल्लीको राजनीतिमा प्रमुख भूमिका खेल्ने कांग्रेस पार्टी अहिले आफ्नो गुमेको स्थान पुनः प्राप्त गर्न प्रयासरत छ । 

दिल्लीका मतदाताको संख्या १ करोड ५५ लाख २४ हजार ८५८ पुगेको छ । जम्मा पुरुष मतदाताको संख्या ८३ लाख ४९ हजार ६४५ छ भने महिला मतदाताको संख्या ७१ लाख ७३ हजार ९५२ छन् । त्यस्तै, अन्यको संख्या जम्मा १२ सय ६१ छ ।

निर्वाचन आयोगका अनुसार नाम दर्ता गराउन छुटेका मतदाताले नामांकनको अन्तिम मितिको १० दिनअघि सम्म मतदाता सूचीमा नाम दर्ता गराउन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्