०२ असार २०८३, मंगलबार

वाम गठबन्धनले बहुमतको सरकार बनाउँछ : प्रचण्ड

कात्तिक ३०, २०७४
वाम गठबन्धनले बहुमतको सरकार बनाउँछ : प्रचण्ड

 स्याङ्जा, ३० कात्तिक- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनले नेपालको इतिहासमा यस पटक दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ । 

स्याङ्जाको वालिङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वामपन्थीको गठबन्धनबाट नेपाली काँग्रेस डराएको टिप्पणी गर्नुभयो । 

अध्यक्ष प्रचण्डले चितवनमा आफू लडेको क्षेत्रका विक्रम पाण्डेलाई सहयोग गरेर गिरिजाप्रसाद कोइराला र आफूले देशलाई दिन खोजेको निकासका विषयमा काँग्रेस अहिले भुलेको दुःखेसो गर्दै बाह्रबुँदे सहमतिमा हस्ताक्षर गर्दा सबै मिलेर देखेको सपना पूरा नहुने देखेपछि वाम गठबन्धन गरिएको बताउनुभयो । 

“नेपाली काँग्रेसले अहिलेसम्म वामपन्थीलाई फुटाएर फाइदा उठायो” उहाँले भन्नुभयो, “अब वामपन्थीको गठबन्धनसँगै नेपाली काँग्रेसका दिन समाप्त भए ।” 

salt training

कमेन्ट गर्नुहोस्