२३ जेठ २०८३, शनिबार

साना किसानले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने

पुस २३, २०८१
काठमाडौं
साना किसानले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । 

संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव ७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । 

संस्था लि.ले आर्थिक वर्ष २०७९/८० मा रु. ७७ करोड ३५ लाख खुद मुनाफा रहेकोमा आ.व वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा रु. ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आ.व २०७९/८० मा कुल सञ्चालन आम्दानी रु.१ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आ.व. २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई रु.२ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरूमा जम्मा १६९२ साझेदार संस्था आबद्ध रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्