
चीनको तिब्बत क्षेत्रमा गएको भूकम्पले कम्तीमा १२६ जनाको ज्यान गएको छ ।
भूकम्प परेर १८८ जना घाइते भएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ ।
समाचारअनुसार भूकम्पले सयौं भवन भत्किएका छन् । हिजो बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।
भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न ठाउँमा पनि महसूस भएको थियो ।