०४ असार २०८३, बिहीबार

स्वरोजगार कोषको उपाध्यक्षका लागि आवेदन आह्वान

पुस २४, २०८१
काठमाडौं
स्वरोजगार कोषको उपाध्यक्षका लागि आवेदन आह्वान

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि आवेदन आह्वान भएको छ। 

युवा तथा खेलकुद मन्त्रालयले बुधबार सूचना निकालेर कोषको उपाध्यक्षका लागि दरखास्त आह्वान गरेको हो।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ को नियम ९ को उपनियम (४) को खण्ड (ग) बमोजिमको योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सिफारिस समितिको सचिवालय युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र दरखास्त पेश गर्न भनिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्