३२ असार २०८३, बिहीबार

पहिलो बजेटअघि श्रीलंकाका राष्ट्रपति चीन जाने

पुस २४, २०८१
काठमाडौं
पहिलो बजेटअघि श्रीलंकाका राष्ट्रपति चीन जाने

श्रीलङ्काका राष्ट्रपतिले आफ्नो पहिलो राष्ट्रिय बजेटअघि अर्को हप्ता मुलुकको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनको भ्रमण गर्ने सूचनामन्त्री नालिन्दा जयतिसाले बताएका छन् ।

यो भ्रमण राष्ट्रपति अनुर कुमार दिसानायकेको पहिलो बजेटभन्दा एक महिनाअघि हुन लागेको हो । भ्रमणले सन् २०२२ मा देशको सबैभन्दा खराब आर्थिक सङ्कटबाट भएको कष्टकर पुनप्र्राप्तिलाई कायम राख्ने उनको योजना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

दिसानायके जनवरी १४ देखि तीन दिने भ्रमणमा जान लागेको मन्त्री जयतिसाले जानकारी दिए । सेप्टेम्बरमा निर्वाचित भएपछि यो उनको दोस्रो विदेश भ्रमण हुनेछ । गत महिना उनले क्षेत्रीय शक्ति भारतको भ्रमण गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्