०४ असार २०८३, बिहीबार

मायादेवी मन्दिरमा दानपेटिकाबाट झण्डै डेढ करोड भेटी संकलन

पुस २४, २०८१
बुटवल
मायादेवी मन्दिरमा दानपेटिकाबाट झण्डै डेढ करोड भेटी संकलन

बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताए । 

उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा दानपेटिका खोली गणना गर्ने गरिएको बताए । 

दानपेटिकामा संकलित दानलाई सीसीटीभी क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारी खटाएर गणनाको व्यवस्था मिलाइएको थियो । 

मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुले दान चढाउँछन् । दानवापत संकलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्