१९ असार २०८३, शुक्रबार

सलमान खानको सुरक्षा बढाइयो, घरको भित्ता बुलेट प्रुफ बनाइँदै

पुस २४, २०८१
काठमाडौं
सलमान खानको सुरक्षा बढाइयो, घरको भित्ता बुलेट प्रुफ बनाइँदै

बलिउड अभिनेता सलमान खानको सुरक्षा व्यवस्था कडा बनाइएको छ । लरेन्स बिश्नोई गिरोहले पटकपटक ज्यान मार्ने धम्की दिएपछि उनको सुरक्षा बढाइएको हो । 

अहिले उनको घरको सुरक्षा पनि निकै कडा पारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट मर्मत गर्ने काम भइरहेको छ । उनको घरको बालकनीलाई बुलेट प्रुफ बनाइएको छ । 

अप्रिल २०२४ मा मुम्बईको बान्द्रा क्षेत्रमा खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाइएको थियो ।

पछि यो आक्रमणको पछाडि लरेन्स बिश्नोई गिरोहको हात रहेको खबर आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्